धनगढी : बाल अधिकारकर्मी सामाज सेबि विशाल भट्टले आफ्नो जन्मदिनको अवशरमा आमाको माया छात्रबासमा बस्ने अनाथ १० जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।
धनगढीको त्रिनगर माध्यमिक बिद्यालयमा अध्यायनरत बालबालिकाहरुलाई न्यानो कपडा भट्टले सहयोग गरेका हुन् । त्रिनगर माध्यमिक बिद्यालयमै कक्षा १२ मा अध्यायनरत भट्टले आजकै दिनमा गरिबि बिद्यार्थी बिशाल सहायता कोष स्थापना गर्नेपनि उनले घोषणा गरेका छन् ।
भट्टले त्रिनगर माध्यमिक बिद्यालयमा पन्चमेवा फल आँपको बृक्षारोपणपनि गरेका छन् । हरेक बिद्यार्थीहरुले आफ्नो जन्मदिनको अवशरमा यस्ता पुण्य कार्य संगै बृक्षारोपण गर्नपनि उनले आग्रह गरेका छन् ।