धनगढी : देशका बिभिन्न जिल्लामा साखा सञ्चालन गरेको साथी मार्टले धनगढीमा चौथो साखा सञ्चालन गर्न लागेको छ । माघे सक्रान्तीको अवशर पारेर धनगढीको चटकपुरमा मार्टले सुदूरपश्चिमको चौथो साखाका रुपमा उद्घाटन गर्न लागेको हो । सुदूरपश्चिमको अस्थाई राजधानीबाट साखा बिस्तार शुरु गरेको मार्टले प्रदेशका सबै जिल्ला संगै कैलाली कञ्चनपुरका हरेक सहरमा मार्टका साखा सञ्चालन गर्ने जनाएको छ ।
मार्टका सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाश शाहले देशैभरी साखा बिस्तार निकै तिब्र रुपमा अघी बढिरहेको बताए । धनगढीमा मात्रै यो साखा सञ्चालन भए चौथो साखा बन्ने उनले बताएका छन् । माघे सक्रान्तीको अवशरमा बिहान ११ बजे प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादूर धामीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
भान्सामा प्रयोग हुने सबै समान, डेरी, तरकारी, तथा इलेक्टिक समान अहिले उपलब्ध हुने शाहले बताए । चटकपुर साखा सञ्चालनमा १ करोड ५० लाख लागत पुगेको शाहले जानकारी दिए । साथी मार्टले सिधै कम्पतिबाट खरिद गरेर ग्राहककहाँ समान उपलब्ध गर्ने भएका कारण मार्जिन जोगिने र त्यही मार्जिनबाट ग्राहकलाई छुट दिइने भएका कारण अन्य मार्ट भन्दा समान सस्तो पर्ने शाहको दावी थियो ।
साथै मार्टले २० प्रतिशत आफ्नै उत्पादन बिक्रि गर्ने गरेको उनले बताएका छन् ।