धनगढी। नेकपा एमाले कैलाली जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुद्वारा सपथ ग्रहण गरिएको छ। नेकपा एमाले कैलालीको हालै सम्पन्न ८ औँ अधिबेशनबाट निर्बाचित समितीको सपथ ग्रहण गरिएको हो।
एमाले केन्द्रिय सचिब लेखराज भट्टले निर्बाचित जिल्ला अध्यक्ष रतन थापा, उपाध्यक्ष दुर्गा जोशी ,सचिब डेजी पाण्डे ममता चौधरी र लोकेन्दबहादुर शाही लाई पार्टीको बिधान अनुसार सपथ गराएका हुन । यस्तै सचिब भट्टले जिल्ला कार्यसमितीमा निर्बाचित जिल्ला सदस्यहरुलाई पनि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संयुक्त सपथ गराएका हुन।
सपथ कार्यक्रममा पार्टीका प्रदेशका केन्द्रिय सचिब भट्ट, सह इन्चार्ज लीला भण्डारी, अध्यक्षमा निर्बाचित रतन थापा, अध्यक्षमा पराजित उम्मेदवार राण बहादुर चन्द, सचिबमा पराजित उम्मेदवार दान बहादुर बिक लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।