धनगढी। धनगढीमा मोटरसाईकल र अटो रिक्सा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
धनगढी मेनरोडस्थीत एभरेष्ट बैँक अगाढी म २ प ८०५५ नम्बरको मोटरसाईकल र सु. प ४९२४ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।मोटरसाईकल र अटो एकआपसमा ठोक्किएर मोटरसाईकल चालक घाईते भएका छन् । उनको परिचय खुल्न बाँकी रहेको र उपचारका लागी धनगढीको मायामेटो अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । मोटरसाईकल, अटो र अटोरिक्साचालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।