धनगढी। बुधबार सेती प्रयोगशाला परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो २४ घण्टा १०५ नमुना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै २४ घण्टामा प्रादेशिक अस्पतालमा ८ जना नयाँ संक्रमित भर्ना भएका छन्। भने दुईजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल अस्पतालमा १३ जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई जना संक्रमितको आइसियु र एक जना संक्रमित विरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो केही दिनयता सेती प्रादेशिक अस्पतालमा संक्रमित विरामीको संख्या बढ्न थालेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्।