बझाङ। बझाङको जयपृथ्वी नगरपालिका भित्रका १३ वटा विध्यालयहरुमा निशुल्क पुनस् प्रयोग गर्न मिल्ने सेनेटरि प्याड वितरण गरिएको छ। किशोरीहरुको शैक्षिक गुणस्तर उकास्न र किशोरीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले हियर नेपाल द्घारा संचालित किशोरी तथा महिला परियोजना अन्र्तगत नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो।
नगरपालिका भित्रमा रहेका ९ आधारभुत विध्यालय र ४ वटा माध्यामिक विध्यालयहरु, बालमन्दिर आधारभुत विध्यालयमा ४८ जना, देवस्थली अधारभुत विध्यालयमा १६जना, बालविकास माविमा ५१, धौलदेउ आधारभुत विध्यालयमा ३, सुर्मा आधारभुत विध्यालयमा २०, नमुना आधारभुत विध्यालयमा १३, पाण्डु माविमा ७९, बाल विकास आधारतभुत विध्यालयमा ७, नारायण माविमा ७५, भैरव आधारभुत विध्यालयमा, १०, लुयाटा आधारभुत विध्यालयमा २२, शिशु आधारभुत विध्यालयमा २१ र निलखट्टी माविमा २७ जना महिनावारी हुने किशोरीहरुलाई प्रति किशोरी ५ पिसको एउटा प्याकेट सेनेटरी प्याड वितरण गरिएको हियर नेपालकी नर्स स्टाप पार्वती ऐडीले बताइन्।
उनले भनिन्, ‘महिनावारी हुने किशोरी तथा छात्रा मात्र नभएर उनिहरुका आमाहरुलाई पनि गाउँमै गएर सेनेटरी प्याड वितरण गरिएको छ । जसमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरुका साथै किशोरीका आमाहरुलाई पनि उक्त प्याड वितरणका साथै प्याड प्रयोग गर्ने तरिका समेत सिकाएका छौ ।’ विध्यालयमा नै सेनेटरी प्याड वितरण गरिएपछी किशोरीहरुलाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । जयपृथ्वी नगरपालिकाका १३ विध्यालयमा करिब अध्यन गर्ने किशोरीहरु ६ सय २७ जना किशोरीह रहेको मा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरु रहेका छन्।
विध्यालयमा सेनेटरी प्याड वितरण गरेपछी आफुहरुलाई विध्यालयमा आउनमा सजिलो भएको नारायण मावि पिमीमा अध्यनरत किशोरी आरती सिंहले बताइन् । उनले भनिन्, ‘सेनेटरी प्याड नहुँदा टेबुलमा बस्न अफ्ठ्यारो हुने, ब्लड बग्ने भएका कारण विध्यालयमा आउन लाज लाग्थ्यो । विच कक्षामै घर जानु पर्ने बाध्यता थियो । अहिले सेनेटरी प्याड पाएपछी ब्लड सेनेटरी प्याडमै रोकिने भएकाले पुरै कक्षा पढ्न पाएका छौ ।’ सिंहका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको उनको भनाइ छ ।