बझाङ। बझाङ सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसलबाट मयद नाघेका सामान बरामद गरि नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेको सामान बरामद गरि नष्ट गरिएको हो।अनुगमनका क्रममा पसल दर्ता नगर्ने तथा म्याद नाघेका सामान राखेका ब्यापारीलाई कारर्बाहि गर्न चेतावनी दिइएको छ ।
अनुगमन टोलिले सबैभन्दा बढी हाम्रो टेरेर्डस, न्यूमल्ल स्टोर र चन्द्रधनुष स्टोरबाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरालगायत खाद्य बस्तु बरामद गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बोहराले जानकारी दिए। दुई तीन बर्ष अघि नै म्यान गुज्रिएका बस्तु पनि बेच्नका लागि राखेको पाइएको उनले बताए।
दुर्गम जिल्ला भएकाले डिलरहरुले ठुलोमात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्रि नगरी लामो समयसम्म राख्दा म्याद गएपनि गाउँघरका अशिक्षित ब्यापारीलाई बिक्रि गर्ने गरेको पाइएको छ । म्याद नाघेको सामानमा सबैभन्दा बढी मदिरा, जुसलगायत उपभोग्य बस्तु रहेको पनि बोहोराले जानकारी दिए ।