बैतडी।बैतडी ट्राफिक प्रहरीद्वारा छोटो दुरीका सवारी साधनमा भाडादर टाँसे नटाँसेको अनुगमन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जिल्लामा सञ्चालित छोटो दुरीका सवारी साधनमा भाडादरको सूची टाँसे नटाँसेको अनुगमन गर्न सुरू गरेको हो।
प्रहरीले यसअघि नै भाँडादर टाँस गर्न जानकारी गराइएपनि अटेर गरेको पाइएकोले अनुगमन गरेर कार्वाहीको दायरामा ल्याउन अनुगमन गरिएको छ । बैतडीमा भाडादर टाँस्न पटक पटक आग्रह गरेको र भाडादर नटाँसि सवारी गुडाउने चालकलाई कार्वाहीको दायरामा ल्याउने गरि अनुगमन भैरहेको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख सहायक निरिक्षक आकाश रावलले जानकारी दिए ।
भाडादरको सुचि टाँस्न अनिवार्य गरिएपनि यातायात व्यवसायीले कच्ची सडकमा भने मनोमानी भाडा लिने गरेको गुनासो आइरहेको यात्रु ठगिने, भाडादर भन्दा बढी भाडा नतिर्न र बढी भाडा लिएमा ट्राफिक प्रहरीलाई जानकारी दिन समेत आग्रह गरिएको छ। बैतडीमा एकदर्जन बढी कच्ची सडकमा जिपहरु सञ्चालन हुने गरेका छन् । कच्ची सडकमा जिप व्यवसायीले मनोमानी भाडा लिँदा यात्रुहरु मारमा पर्ने गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढे सगै थोरै भाडा दर बढेको भएपनि चर्को दरमा भाडा लिने गरेको पाइएकोले गैरकानुनी कार्य नगर्न सचेत गराइएको जनाइएको छ।