अछाम। नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडामध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ।
मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ।
यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए। बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताए । नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन पौष २३ गतेबाट सुरु हुँदैछ ।