कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएका छन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० सडकघाटबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याईएका सामान बरामद गरिएका हुन्।
भारतबाट नेपाल ल्याउँदै गरेका मोटर, जालि, थाल लगायत विभिन्न हार्डवयरका ३ लाख ५ हजार ४४० मुल्य बराबरका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।