बैतडी। नेकपा एमाले बैतडीले जिल्लामा जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने कार्यमा तीव्रता दिएको छ। शनिबार जिल्लाको सुर्नया गाउँपालिकामा अखिल नेपाल महिला संघको गाउँपालिका कमिटि गठन गरिएको छ।
मञ्जु भट्टको अध्यक्षतामा गठन गरिएको ७५ सदस्यीय कमिटिको उपाध्यक्षमा सावित्री अवस्थी, सचिवमा जयन्ती बिष्ट, कोषाध्यक्षमा मञ्जु चुनारा लगायतका अन्य सदस्यहरु रहेका छन्। यस्तै विक्रम बिष्टको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय युवा संघको गाउँपालिका कमिटि गठन गरिएको छ।सो कमिटिको उपाध्यक्षमा जगदीश महरा, सचिवमा धनबहादुर बिष्ट,सहसचिवमा विष्णुदत्त भट्ट, कोषाध्यक्षमा पार्वती बोहरा लगायत अन्य सदस्यहरु रहेका राष्ट्रिय युवा संघका केन्द्रिय सचिव बिष्ना चन्दले बताइन्। कमिटि गठन गर्ने क्रममा नेकपा एमालेका सुर्नया इन्चार्ज मोहनबहादुर बिष्ट, राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश इन्चार्ज सन्तोषप्रकाश जोशी,राष्ट्रिय युवा संघका केन्द्रिय सचिव बिष्ना चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।