डोटी। डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।भालुको आक्रमणबाट घाइते हुनेमा डोटीको केआईसिंह गाउँपालिका – ४ बासकोटाकी ३८ वर्षीय पपी बिष्ट रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान साढे ७ बजेको समयमा घाँस काट्न निस्कीएकी बिष्टलाई भालुले आक्रम गरेको जिल्ला प्रहरी कार्यालयका इनस्पेक्टर रवीन्द्र चन्दले जानकारी दिए । भालुको आक्रमण पछि घाइते महिला भिरबाट ५० मीटर तल खसेकी थिइन्। घाइते विष्टको स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। डोटीमा भालुको आक्रमणबाट वर्षेनी स्थानीयहरू घाइते हुँदै आएका छन् ।