काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रवक्तामा पुनः डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ । बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन्।
अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा।भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन्। हालसम्म भट्ट बैंकहरुको सुपरिवेक्षण विभागमा रहेका थिए । उनि २०७६ पुसदेखि २०७७ चैतसम्म प्रवक्ता थिए ।