काठमाडौँ। नेपाल क्रिकेट संघ(क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ।
क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ। अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चार जना खेलाडीलाई कारबाही गरेको हो। मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।
क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमकु्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।