कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतबाट खटीएको सीमा गस्ती टोलीले एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँ बस्ने २३ बर्षिय आकाश ओड रहेका छन्।
पुनर्वास नगरपालिका – ४ कार्गिलडाँडामा भारतबाट नेपाल तर्फ आउदै गरेका ओडको साथबाट लागु औषध नाईट्राभेट १० ट्याब्लेट ३० पिस, १ थान मोबाईल र ३ सय २० नेपाली रुपैयाँ सहित बरामद गरिएको छ। उनलाई कानूनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरीले कञ्चनपुरले जनाएको छ ।