धनगढी। सम्पदा सँग मेरो पहिलो भेट हस्पिटलमा नै भएको थियो । मलाई एपेन्डिक्सको अप्रेशन गरेर जनरल वार्डमा लैजाँदै गर्दा उ छेउमै थिई। जनरल वार्डको म पहिलो वेडमा नै थिएँ। म सुइ देखि असाध्धै डराउँथेँ । उ घरी घरी सुइ देखाएर तर्साइरहन्थी।
स्टेट गरिएको सिल्की केश, सेतो कोट लगाएको उसलाइ एकदम सुहाउँथ्यो। छेउका बिरामी देख्दा इरिटेड लाग्थ्यो । तर सम्पदालाई देख्नासाथ मन मथ्थर हुन्थ्यो । उ साथीहरू सँग कुरा गरिरहँदा म एकोहोरो हेरिदिन्थे । केही लजाए झै गरेर अर्का तर्फ फर्किन्थी । कहिलेकाँही त सुइ निकालेर देखाउँथी र मैले अर्को तर्फ नजर फर्काउँथे । एक रात अधिकांश बिरामी त्यही दिन डिस्चार्ज भएकाले वार्डमा त्यति बिरामी थिएनन। उसको रातको डियुटी थियो । मैले खुब एकोहोरो हेरिरहेँ ।
अनि उ नजिक आई र सोधी के हो, यसरी हेरिरहँदा आँखाको डाक्टर बोलाइदिउँला है । तिमी छ्यौ नै त्यस्ती विछट्टै राम्री अनि नहेरी सुत्न सक्दिन मनमनै भने मुखले बोलिन । उ मुसुक्क मुसकुराएर गई । तर मेरा नजर रोकिएनन एकोहोरो हेरिरहेँ । उसको केही सिप चलेन । उ पनि मलाई नै हेरिरही, करिब आधी घण्टा दुवै हेराहेर मात्र गर्यौ । उसले जित्न सकिन र सुइ निकाली र मेरो नजिकै आई र भनी आइ किल युू एक हप्तामा म साधारण हिड्न थालेको थिएँ । उ मलाई अरूलाई भन्दा बढ्ता केयर गर्थी । डुयुटीमा पनि साविक भन्दा बढी देखिन थालेकी थिई । मेरो हेराइ सँग पनि अभ्यस्त भइसकेकी थिइ । सके नजर जुझाउँथी, नसके सुइ निकालेर तेर्साउँथी ।
कसम, उसले मेरो निद जति खत्तम पारेकी थिई । एकदिन म बाथरूम गएर फर्किँदै थिए । उसले मलाई तानेर आफ्नो क्याविनमा छिराई । मुटु त पुरै शक्ती लगाएर धड्किँदै थियो। अब के हुने हो हेर्न मात्रै बाँकी थियो। उसको शरिरमा जोडले टाँसिएका सेतो कोट निकाली र मिल्काई । भित्र कालो टिर्सट लगाएकी थिइ । अनि ढोकाको चुकुल लगाई । म ढोकाको छेउमै लुसुक्क उभिएको थिएँ । उसले मलाई ढोकाको कुनामा टाँसेर भनी ल हेर,कति हेर्न सक्छौ ?। म गम खाइरहेको थिएँ । कथाले हेर्न भन्दा पनि आँखा बन्द गर्नुपर्ने परिस्थीती मागिरहेको थियो । उसका दुवै हात भित्तामा अडेस लगाएका थिए र म त्यही दुइ हातको बिचमा उसको सम्मुख भएर उभिरहेको थिएँ ।
करिब पन्ध्र मिनेट पछि उसले हात छोडिदिई र लुसुक्क बाहिर निस्किएँ । फेरी वेड नं १ मै गएर पल्टिएँ । उ उही सेतो कोट लगाएर आई र अरू बिरामी तर्फ लागी । उसले दोस्रो बेडबाट सबैको ब्लड प्रेसर नापी । डाक्टर आए र मेरो अप्रेसन गरेको घाउ हेरे र भने अब दुइ दिनमा तपाइँ पनि घर जान सक्नुहुन्छ। एउटा कागजको टुक्रा भाइ तिर सोझाएर औषधी लिन पठाए। साँझ मैले सोधेँ, अघि किन सबैको प्रेसर लिँदा मेरो नलिएको ? उ हल्का मुस्कुराएर भनी, तिम्रो प्रेसर कति पुगेको थियो मलाई थाहा थियो, अनि किन लिनु पर्यो र ! म डिस्चार्ज हुने कुरा उसले मेरो फाइल हेरेर थाहा पाइछ ।
त्यस दिन म उसँग नजर जुधाउन सकिन तर उसले भने मलाई खुबहेरिरहेकी थिई । मैले उसलाइ मन पराइसकेको थिएँ ।अब म छुट्टिनु पर्ने पिडाले छट्पटाउन थाले । फेरी कुनै ठुलो रोग लागोस् भनेर कामना गरेँ। सब ठिकठाक भएरै त्यस दिन बित्यो । अर्को दिन उ डियुटीमा आइन । म निराश बन्न थालेँ । आज अन्तिम दिन, फेरी म सँग उसले रोपेका सुइका डाम, आँखामा तस्विर र मुटुमा यादका डोप सिवाय केही थिएन ।कताकता रिसेप्सनमा गएर उसको मोबाइल नम्बर सोधुँ जस्तो लाग्यो तर आफ्नो अहम् को डरले चुपचाप रहेँ । साँझ डिस्चार्ज हुने भनिएकाले बाबा पनि आउनुभएको थियो । उ आउने बाटो कति हेरेर बसेँ तर उ आइन । तर हेर्नुमा पनि आनन्द थियो किनकी मैले उसलाइ नजरले नै प्रेम गरेको थिएँ । डाक्टर आए र मलाई डिस्चार्ज भएको कागज थमाइदिए । बाबा अघि नै ट्यास्सी खोज्न निस्किसक्नु भएको थियो । गेटमा पुगिसक्दा उ ठ्याक्कै आइपुगी । सरी, म लेट हुन पुगेूँ उसका आँखामा पश्चतापको भाव देखिएको थियो । उसले म सँग नम्बर मागी र मोबाइलमा सेभ गरी । छुट्टिएपछि बल्ल याद आयो मैले त नम्बर माग्नै बिर्सिएँछु ।
घर गएपछि कैयौं दिनसम्म प्रताडित भइरहेँ । उसले एकपटक पनि फोन गरिन । एकदिन दक्षिणकाली पुजा गर्न भाइ र म गएका थियौ । ममीले निकै कर गर्नुभयो र हामी गएका थियौ । मन्दिरमा भिड बाक्लै थियो । भाइले मलाई कोट्याएर सम्पदा तर्फ देखायो । उ रातो साडी हरियो ब्लाउज चुरा पोते र सिन्दुरमा थिई । मलाइ एक्कासी बज्रपात भयो । कुनै अजङ्ग वस्तुले शरिरभरी थिचेको जस्तो भान भयो । कसम, म केटी हुँदो हुँ त आँशु खसालि सकेको हुने थिएँ । उसको र मेरो दुरी टाढा थिएन । तर मेरा नजर उसका आँखासँग दुर्घटना पर्ने हिम्मत गरेनन् ।सम्पदा, बधाइ छू आइ स्टिल लभ यु असिम, उ मलाई माया गर्छे, कस्तो माया सिउँदोमा सिन्दुर टाँसिसकेपछि र गलामा पोते लगाइसकेपछि माया गर्न खोज्छे । उ सामाजिक परिधीको पर्खाल नाघेर मलाइ प्रेम गर्न खोज्छे । तर म जबसम्म उसका सिउँधोमा सिन्दुर रहनेछ तब सम्म प्रेम गर्न सक्दिन । मेरा गहभरी आँशु टिलपिल गरिसकेका थिए । बस, खस्न मात्र बाँकी थियो उसको अन्तिम शव्दले खसालि छाड्यो । भाइलाई लिएर पुजा नगरि मन्दिरबाट बाहिर निस्किए । त्यसपछि ममीलाई लिएर हस्पिटल जाँदा हाम्रो भेट भइरह्यो तर कहिल्यै नजर जुधेनन् । उसका सिउँधोको रातो सिन्दुर देख्नासाथ मेरा नजर खसिहाल्थे । अचेल साधारण रुघाखोकी लाग्दा पनि हस्पिटल जान्छु र उसकै हातबाट सुइ लगाउँछु तर मलाइ सुइ सँग डर लाग्दैन । किनकी मलाइ उसले स्पर्श गर्ने सुइ सँग पनि प्रेम परिसकेको छ ।