बैतडी। बैतडीमा सडक निर्माण गर्दा खसेको ढुंगाले दुई घरमा क्षति भएको छ। बैतडीमा महाकाली कोरीडोर अन्तर्गत सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले पञ्चेश्वर गाउँपालिका ४ छापरखिन्नका बलवीर चन्द र पञ्चेश्वर कैनीगाडका गोरख चन्दको घरमा क्षति पुगेको हो।
बलवीर चन्दको घरको गोठमा ढुंगा लागेर क्षति भएको छ भने गोरख चन्दको घरको एकतिरको भित्ता भत्काएको छ। गाउँमाथिबाट निर्माण भईरहेको महाकाली कोरीडोर अन्तर्गत सडक निर्माण गर्ने क्रममा ढुंगा खसेको स्थानीयहरुले बताएका छन्।
सडक निर्माण गर्दा आवश्यक सावधानी नपाउँदा क्षति भएको स्थानीयहरुको गुनासो रही आएको छ। सडक निर्माणका क्रममा ढुंगा खसेर अन्य क्षति पनि हुन सक्ने भएकाले सावधानी अपनाएर सडक निर्माण गर्न स्थानीयहरुले माग गरेका छन् ।