धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेदवार वीर बहादुर बलायरले सुदूरपश्चिमलाई कम्युनिष्टमुक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । शुक्रबार धनगढीमा मनोनयन दर्ता स्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्।
उनले भने, “जसरी अहिले सुदूरपश्चिम कम्युनिष्टको चपेटामा परेको छ, ”अब त्यसलाई कम्युनिष्टमुक्त बनाउनकै लागि मैले सभापतिमा उम्मेदवारी दिएको हुँ ।” आफु सुदुरपश्चिमबाट नेपाली काँग्रेसबाट नेतृत्व गर्ने भएकाले सुदूरपश्चिम कम्युनिष्टको चपेटामा परेकोका कारण जनता, काँग्रेसका नेता, आम कार्यकर्ता उत्पीडनमा रहेकाले यो प्रदेशलाई कम्युनिष्टबाट बिमुख गराउन र आक्रान्त भएका जनतालाई राहात दिन लागी आफ्नो उम्मेदवारी भएको बताए। कम्युनिष्टको ज्याजती बिरुद्ध र कम्युनिष्ट नकारात्म गतिबिधीलाई अन्य गर्ने लक्ष्य छ उनले भने।
बलायरले सुर्यमा भोट हाल्ने तर काँग्रेसमा बसिराख्नेलाई बाटो काट्न आग्रह गरेका छन्। “सुर्यमा भोट हालिराख्ने काँग्रेसमा बसिराख्नेले बाटो काटे हुन्छ,’उनले भने,‘काँग्रेस काम गर्नेको, सक्रिय रहने, सिद्धान्त रहनेको पार्टी हो ।” सिद्धान्त, निष्ठा र क्रियाशिलका आधारमा पार्टीलाई अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो। नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका हुन्।यहाँ तल हेर्नुहोस बिर बहादुर बलायरको भनाई (भिडियो)
https://www.facebook.com/supamedia01/videos/1048172202605969