धनगढी। ब्यवसायी तथा युवा समाजसेवी बिष्णु केसिले आफ्नो छोराको जन्मदिनको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनमा सहयोग गरेका छन् ।
जन्म दिन तथा आफ्नो बैबाहिक बर्सगाठका अवसरमा बिगतबाटै बेसाहारा तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाइ सहयोग गर्दै आएका केसिले आज आफ्नो छोरा अस्वीन केसिको जन्म दिनमा दृष्टि फाउन्डेसनमा सहयोग गरेका हुन् । फाउन्डेसनमा रहेका ११ जना बालबालिका का लागि न्यानो कपडा, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री केसिले सहयोग गरेका हुन् ।
केसिले आफ्ना छोरा अस्वीनको जन्मदिनमा श्रीमती सरस्वती केसि सहित उपस्थितिमा दृस्टी फाउन्डेसनकि ब्यावस्थापक चन्द्रा तिरुवालाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् । छोरा अस्वीनको दोस्रो जन्म दिनको अवसरमा सहयोग गर्दै केसिले जन्म दिनमा धुमधाम पार्टी दिनुभन्दा बेसाहारा, दिन दुखिलाइ सहयोग आवश्यक रहेको बताए।
आफ्ना छोरा जस्तै ११ जना नानी बाबू यो फाउन्डेसनमा रहेको सम्झिदै केसिले सानो कपडा, खाद्यान्न भएपनी सहयोग गरेको बताए। सहयोग सामग्री बुझ्दै दृष्टि फाउन्डेसनकि ब्यस्थापक चन्द्रा तिरुवाले केसिलाइ धन्यवाद दिइन । यस्तै सहयोगले फाउन्डेसन चलेको भन्दै उनले सबैलाई सहयोगका लागि अपिल गरिन ।