बैतडी। बैतडीमा सडक निर्माण गर्ने क्रममा जीप माथि पहिरो खसेको छ । महाकाली कोरीडोर अन्तर्गत पञ्चेश्वर गाउँपालिका ३ टिचोरामा सडक निर्माण गर्ने क्रममा माथिबाट खसेको पहिरोले म १ ज ३३१ नम्बरको जिपमा क्षति पुर्याएको हो ।
सडक निर्माणका लागि डोजर बोकेको टेलर बीचबाटोमै बिग्रेको र बाटो खुलाउनका लागि डोजरले सडक खन्दा पछाडि रहेको जिपमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।जिपको अगाडिको भागमा माथिबाट पुरै माटो खसेकाले जिपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सो दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप चालकलाई समान्य चोट लागेको स्थानीय जय चन्दले जानकारी दिए । जिप जन्ती ल्याउनका लागि गाउँ गईरहेको जनाइएको छ ।