डोटी। नेपाली कांग्रेस डोटीको उपसभापतिमा विजय खड्का र नारायण जोशी निर्वाचित भएका छन्। नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा खड्का र जोशी विजयी भएका हुन् ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट विजय खड्काले ६०१ मत प्राप्त गरे भने नारायण जोशीले ५६४ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी बम कठायतले ३७३ र पदम बहादुर रावतले ३२७ मत प्राप्त गरे।जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।