धनगढी। नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको छ । भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि हुने सम्भावना रहेको काँग्रेस स्रोतको भनाइ छ।
किन अधिवेशन सारिदै छ ठोस कारण खुल्न सकेको छैन । सो पार्टीका जिल्ला प्रचार विभाग प्रमुख नृप सुनारले १० गते अधिवेशन नहुने वताए। उनले तत्काल जिल्ला अधिवेशन नहुँनाको कारण भने भन्न चाहेनन् । प्रचार विभाग प्रमुख सुनारका अनुसार भोली विहान बस्ने जिल्ला कार्यसमितिको बैठकले नयाँ मिति तोक्ने छ ।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र ४ मा मतगणनामा देखिएको बढ्दो विवादका कारण जिल्लाको १० गते शुक्रबारका लागी तए भएको जील्ला अधिवेशन सर्ने सम्भावना बढेको नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका एक नेताले बताए ।
तर, जील्ला अधिवेशन रोकिनुको मूख्य कारण भने आउदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसलाईनै बाहाना बनाउदै सार्ने रणनीति भएको बताईएको छ । जिल्ला अधिबेशन स्थगित हुने नेपाली कांग्रेस जील्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग प्रमूख नृप सुनारले पनि संकेत दिएका छन् ।
‘जील्लामा सयौं क्षेत्रीय प्रतिनिधि रहेकाले पहिलो चरणमा अधिवेशन सक्न निकै सकस हुने देखिएको छ’ प्रचारप्रसार संयोजक सुनारले भने–‘अधिवेशनलाइ दुइ चरणमा लैजाने तयारी भएको छ ।’सुदूरपश्चिम प्रदेशको अधिवेशनलाइ प्रभाव पार्न सक्ने भएकाले जील्लाको अधिवेशन सार्ने आन्तरिक गृहकार्य तयारि भैइरहेकोे सुनारले बताए ।
अहिलेको मौजुदा जील्ला कार्य समितिले नै सुदुर पश्चिम प्रदेशको अधिवेशन आयोजना गर्ने महत्वर्पूण जिम्मेवारी समेत पाएको हुदा पहिले सुदुर पश्चिम प्रदेशको अधिवेशन सक्ने आन्तरिक तयारी भैइरहेको हो ।अधिवेशन स्थगन गर्नुको कारण बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जनकारी गराइने अधिवेशन प्रचारप्रसार विभाग प्रमूख नृप सुनारले बताए ।