धनगढी। नेपाली कांग्रेस १४ ओैं महाधिवेशन अन्तरगत नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जागृती बोगटीले उम्मेदवारी दर्ता गराएकी छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बोगटीले नोमीनेशन गरि उम्मेदवारी दर्ता गराएको जानकारी दिएकी हुन्। बोगटीले केन्द्रीय महाधिवेशन प्रतिनिधी महिला तर्फको उम्मेरवार क्षेत्र नम्बर ५ धनगढी कैलालीका लागी उम्मेदवारी घोषणा गरेको बताईन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधी महिला तर्फको उम्मेरवार बोगटी बिगत बर्ष देखि काङ्ग्रेसको राजनीति क्षेत्रमा सक्रिय छिन्। साथै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दर्ता गराएकाले सम्पूर्ण मान्यजन,वडा सभापति, नगरसभापती, क्षेत्रिय सभापति,क्षेत्रिय प्रतिनिधि तथा सम्पूर्ण साथीहरुको सहयोग र साथ समर्थनगरि आफुलाई अमुल्य मत दिई विजय गराईदिन अनुरोध समेत गरेकी छन्।