काठमाडौँ। नेपाल परिवार दलको केन्द्रीय सदस्यमा युवानेता खडक नागरी निर्बीरोध निर्वाचित भएका छन् । नेपाल परिवार दलको मङ्सिर ४ र ५ गते काठमाडौँमा भएको तेस्रो राष्ट्रिय महाधिवेशनमा युवानेता नागरीलाई केन्द्रीय सदस्यमा निर्बीरोध निर्वाचित गरिएको हो।
सुदूरपश्चिम प्रदेशका युवा नेता समाजसेवी दुखि गरिबहरुलाइ सधै सहयोग गर्ने र केन्द्रले उच्च मूल्याकंनगरि खडक सिह नागरीसहित १०१ सदस्य लगायतलाई निर्बिरोध निर्वाचित गरिएको नेपाल परिवार दलले जनाएको छ। जसमा शंकर राज ढकाल,बिष्णु कुमारी बिके, केन्द्रीय सदस्य निर्मला श्रेष्ठ,डोटीका युवा नेता धर्म रोकाय पनी निर्बिरोध निर्वाचित भएका छन्।
पार्टी जिल्ला अध्यक्ष बिशाल चौधरीले निर्बिरोध निर्वाचित भएका सबैमा सफलताको शुभकामना ब्यक्त गरेका छन् । साथै नेपाल परिवार दलको केन्द्रीय सदस्यमा निर्बाचित गराउनमा सहयोग गर्ने केन्द्रिय अध्यक्ष एकनाथ ढकाल तथा सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरुलाई युवानेता खडक नागरीले हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।मङ्सिर ४ र ५ गते “सबैखाले विभेदको अन्त्य गरौ, सु–संस्कृत, संमृद्ध र समावेशी नेपालको निर्माण गरौ” भन्ने नारा सहित नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ।