बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकमा कार्यरत लेन्थ वर्करहरूले फेरि रिले अनसन सुरू गरेका छन। गएको २ बर्ष देखि पारिश्रमिक नपाएको भन्दै हिजो मंसिर १ गते देखि पाटन नगरपालीका ६ लोर्खामा अनसन सुरू गरेका हुन ।
२०७८ असार १८ गते देखि साउन ६ गते सम्म यस अघि पनि अनसन बसेका लेन्थवर्करहरू, सरोकारवाला सबैले समस्या समाधान गरिदिने आश्वासन दिएपछि अनशन तोडेका थिए। तर त्यो पूरा नभएपछि फेरि अनसन बस्न बाध्य भएको लेन्थवर्कर जय राम भुलले बताए । यस अघि अनसन बस्दा प्रमुख जिल्ला अधिकारी, पुर्वाधार कार्यालयका प्रमुख, पाटन नगरपालिका केहि जनप्रतिनिधिहरूले अशसन तोडन दवाव दिएका थिए ।
तीन महिना ठेकेदार संग काम गर्न पहल गर्ने , ठेकेदारले प्रदेश सरकारलाइ सडक बुझाएपछि आफुहरूलाइ लेन्थवर्कर नियुक्त गर्न पहल गर्ने लगायतका सहमति भएपछि अनसन तोडेका थिए । तर ठेकेदारले पुर्वाधार कार्यालयलाई सडक बुझाउदा समेत आफुहरूलाइ काममा लगाउन कुनै सुरसार नगरेको र दुई बर्ष यताको पारिश्रमिक समेत नपाएकोले आन्दोलनमा उत्रिनु परेको जय राम भुलको भनाई छ ।
अनसनको सुरूको तीन दिन शान्तिपूर्ण हिसावले बस्ने, यदि हाम्रा मागको सुनवाइ नभए पाटन पञ्चेश्वर सडक ठप्प पार्ने लेन्थवर्करहरूले चेतावनी दिएका छन ।