धनगढी। सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी तोकिएको सुदूरपश्चिमको मुटु अत्तरियामा रहेको पद्मा अस्पतालले दिनप्रतिदिन सुबिधाहरु थप्दै गएको छ। समय सापेक्ष बनाउँदै अस्पतालले आइसियु र एन आइसियु सुबिधा थप गरेको छ । हाडजोर्नी सम्बन्धि उपचारका लागी गन्तब्य बनेको पद्मा अस्पतालले अन्य उपचार सेवालाई बिस्तार गर्दै हाल एन आइसियु र आइसियु सेवा सुचारु गरेको हो।
अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादूर मौनीले अस्पताल यस क्षेत्रको आवश्यक्ता अनुसार सेवा थप्दै गएको बताए। मौनीले चाँडै सिटि स्क्यान सेवापनि शुरु गर्ने जानकारी दिए । स्थापनाको १६ बर्ष पुगेको अवशरमा बार्षिकोत्सव कार्यक्रम मनाउँदै अस्पतालले आइसियु र एन आइसियु सेवापनि थप गरेको हो। ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पद्मा अस्पताल १६ बर्ष पुरा भई आजवाट १७ औँ बर्षमा प्रवेश गरेको हो।
१६ औँ बार्षिक उत्सवको अबसर पारेर आज एक बिषेश कार्यक्रमको आयोजना गरिएको थियो । २०६२ सालमा स्थापना भएको पद्मा अस्पताल प्रा.ली अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको मुख्य केन्द्र बिन्दु बनेको अस्पताल सञ्चालक समितिका अध्यक्ष गजेन्द्र बिर चन्दले बताएका छन् । अस्पतालले प्रत्येक बर्ष आफ्ना सेवा सुबिधाहरु बढाउदै जानेपनि दावी गरिएको छ । पद्मा नर्सिङ कलेजका बिद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाका लागी समेत अस्पताल आफ्नै हुँदा सहज भएको छ । सरकारी नियम पुर्ण रुपमा पालना गरी अस्पतालका सेवा थप गरिरहेको अस्पतालले जनाएको छ।
पद्मा अस्पतालले हाल इमरजेन्सी, ओपीडी, इनडोर सेवा, शुरक्षित प्रस्तुती सेवा, फिजियोथेरापी, परिवार नियोजन सेवा, एम्बुलेन्स सेवा,अर्थो, गाइनो, सर्जरी सेवा, शुरक्षित गर्भपतन, फार्मेसी तथा आइसियु एन आइसियु सेवा दिइरहेको छ । यस्तै डिजिटल एक्सरे, यु एस जी, ई सि जी, इको, इन्डोस्कोपी, छाती मुटु तथा पेट सम्बन्धि समेत उपचार गराइरहेको अस्पतालकी प्रशासक मञ्जु साउँदले जानकारी दिइन्। आज बार्षिकोत्सवको अवशर पारी गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिहं साउँदले आइसियु र एन आइसियुको उद्घाटन गरेका हुन्। आइसियु तथा एन आइसियुको उद्घाटन गर्दै मेयर साउँदले अत्तरिया क्षेत्रमा पद्मा अस्पतालले थप सुबिधा ल्याएको भन्दै धन्यबाद दिए।
सामान्य सरकारी अस्पतालले सेवा दिइरहेका बेला अत्तरियामै आएर अस्पताल सञ्चालन गरी यहाँका जनतालाई सुलभ दरमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै मेयर साउँदले अस्पतालको उच्च प्रशंसा गरे। यहाँका दुखी गरिबको साहारा समेत पद्मा अस्पताल बनेको भन्दै थप सेवा बिस्तारका लागी उनले अस्पताललाई सुभकामना दिए । १६ बर्षअघी अत्तरियामा सञ्चालन गरिएको अस्पतालले यहाँका नागरिकको सेवामा उल्लेख्य योगदान गरेको भन्दै स्थानिय राजनितिकर्मीले समेत धन्यबाद दिएका छन् । यस अस्पतालले डक्टर खोज्दै बाहिर भौतारिन बाध्य यहाँका नागरिकलाई घर दैलोमै सेवा दिई यहाँका नागरिकका लागी उल्लेख्य काम गरेको भन्दै गोदावरी क्षेत्रका राजनितिक अगुवाहरुले प्रशंसा गरेका छन् ।