धनगढी : नेकपा एमालेबाट छुट्टिएर नेकपा एकिकृत पार्टी दर्ता गरेका माधव कुमार नेपाल अहिले पार्टीको संगठन निर्माणमा देश दौडाहामा छन् । राजनितिक दल बिभाजन सम्बन्धि अध्यायदेश ल्याउन लगाएर नेपालले २० प्रतिशत पार्टी सदस्य पु¥याएर दल बिभाजन गरेका हुन् ।
नेकपा एकिकृत समाजवादी गठन संगै सरकारमा समेत सहभागी भएका नेपाल अहिले देशभरी आफ्नो संगठन निर्माणमा जुटेका छन् । देशभरी संगठन निर्माणमा दौडिरहेका नेपाल सुदूरपश्चिम प्रदेशमा बढि केन्द्रित छन् । नेपाल सुदूरपश्चिमका हरेक जिल्लामा पुगेर संगठन निर्माणमा जुटिरहेका हुन् ।
तत्कालिन एमाले तथा नेकपा हुँदा माधव नेपालका बिश्वासपात्र थिए एमाले उपाध्यक्ष भिम रावल । माधव नेपालतिरनै भिम रावल भएका कारण सुदूरपश्चिम प्रदेशमा केपी ओली समुह निकै कमजोर थियो । २४ जना प्रदेशसभा सदस्य मध्ये ओलीको पक्षमा ६ जना मात्रै थिए अन्य सबै भिम रावल निकटमै थिए ।
जब एमाले फुट्यो भिम रावलपनि माधव नेपालको पार्टीमा नभई एमालेमै फर्के । भिम रावल एमालेमै फर्केसंगै सुदूरपश्चिममा एमाले बलियो बन्ने आकंलन गरिएको थियो । तर त्यसको ठिक बिपरित सुदूरपश्चिम प्रदेशसभामा एमाले चौथो दल बनेको छ । भिम रावलको पकड रहेको सुदूरपश्चिममा अहिले एकिकृत समाजवादीका अध्यक्ष नेपाल संगठन बलियो बनाउनमा सक्रिय छन् ।
पार्टी बिभाजनपछि सुदूरपश्चिमका अधिकाशं जिल्लाको संगठन निर्माणमा पुगिसकेका नेपालले बिहिबार सुदूरपश्चिम प्रदेश कमिटि कार्यालयको उद्घाटनपनि गरे । सुदूरपश्चिममा पहिलो दल एकिकृत समाजवादी बनेसंगै देशभरी बलियो उपस्थिती जनाउने नेपालले दावी गरे ।
अध्यक्ष नेपालले एमालेमा रहेका नेता कार्यक्रता अराजक बनेको आरोप लगाएका छन् । कम्युनिस्ट आचरणका नभई गैर कम्युनिस्ट आचरण र गलत संस्कार भएका मानिसहरु मात्रै एमालेमा रहेको नेपाल बताउँछन् । आफ्नो पार्टीमा युवा देखी बृद्धसम्मको आकर्षण बढेको बताउँदै नेपालले चाँडै नेकपा एकिकृत समाजवादी ठुलो शक्ती बन्ने दावी गरे ।
सुदूरपश्चिम प्रदेशसभामा पहिलो दल नेकपा एकिकृत समाजवादी बनेसंगै अब प्रदेशमापनि पहिलो दल बनाउने दावी प्रदेशका नेताहरुले गरेका छन् । पार्टीको संगठन बिस्तार तथा कार्यक्रता प्रशिक्षणकै लागी अध्यक्ष नेपालको दौडधुप बढेको पार्टी नेताको भनाई छ । यही दौडका साथ सुदूरपश्चिममा १ शक्तीसाली पार्टी निर्माण गर्ने दावी नेताहरुको छ ।
पार्टीका प्रदेश उप सचिव समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारीले प्रदेशसभाको पहिलो दल बनेर सुदूरपश्चिममा नेकपा एकिकृत समाजवादी पार्टीको शक्ती देखिसकेको बताए । हामी अहिलेपनि पहिलो दल छौँ उनले भने ‘अब हुने उप चुनाव देखी सबै निर्वाचनमा हामी पहिलो शक्ती बन्नेछौँ, केपी ओलीको असंबैधानिक प्रबृती बिरुद्ध सबै सुदूरपश्चिमका जनता उत्रेका छन् ।’
भिम रावलले एकछत्र राज गरेको सुदूरपश्चिम एमाले अब उनकै पछि नरहेपछि रावल एक्लिएका हुन् । एमालेमा हुँदा रावल निकट मानिने अधिकाशं नेताहरु नेकपा एकिकृत समाजवादीमा लागेपछि रावल एक्लिएका हुन् भने माधव नेपालको पक्षमा माहोल बढ्दै गएको छ ।