धनगढी : कैलालीमा नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य सकेको छ । पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको एमाले कैलालीले जनाएको छ । कैलाली क्षेत्र नम्बर ४ बाहेक सबै क्षेत्रमा पार्टीले सर्बसम्मत प्रतिनिधी छनौट गरेको हो ।
एमालेले सर्बसम्मत प्रतिनिधी छनौट गरेको दावी गरिरहँदा एमाले उपाध्यक्ष भिम रावल समुहले भने एकलौटी तरिकाले प्रतिनिधि छनौट गरेको भन्दै बिरोध गरेको छ । रावल समुहले समानान्तर महादिवेशन प्रतिनिधी छनौटको प्रक्रिया समेत अघी सारेको छ ।
कैलाली जिल्लाका ४४ सहित सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेले आसन्न दशौँ महादिवेशनका लागी १ सय ६४ जना महादिवेशन प्रतिनिधी छनौट गरेको छ । १६ वटा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको सो पार्टीले जानकारी दिएको छ ।
१६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले जानकारी दिए । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको थियो । निर्वाचन भएका क्षेत्रमा पनि सौहार्दपूर्ण वातावरणमा चुनाव भएको एमालेको दावी छ ।
तर एमाले संस्थापन पक्षमा रहेका नेताहरुले एकलौटी किसिमले महादिवेशन प्रतिनिधी छनौट गरेको भन्दै एमाले उपाध्यक्ष भिम रावल समुहले असन्तुस्टी जनाएका छन् । प्रतिनिधिका आकाक्षी एमालेका जिल्ला स्तरका नेताले भने प्रतिनिधि छनोटको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि छनोट अप्रजातान्तिक भएको आरोप लागेको छ ।
भिम रावल निकटका झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरुले समानान्तर महादिवेशन प्रतिनिधी छनौट गरेका छन् । उनिहरुले यज्ञराज ढुगांना, मनोज खड्का, सुर्य बहादूर थापा, बिरेन्द्र रावल, भिम कुँवर, रुप रावल, गंगा थापा, बसुन्धरा भण्डारी र ममता रावललाई महादिवेशन प्रतिनिधी तोकेको छ ।
आज बोलाइएको भेलाले सर्वसम्मत रुपमो प्रतिनिधि छनोट गरेको हो । पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव बजगाईले बताए । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गरिएको बजगाइले बताए ।
पार्टी एमाले नभई कैलालीमा रतन थापाले कम्पनि चलाएझैँ चलाएको भन्दै उनले आपत्ति जनाए । उनले भने ‘पार्टीको पद्धती अनुसार नचली एकलौटी ढंगले होटेलको कोठामा बसेर महादिवेशन प्रतिनिधी छानिएका छन् हामीलाई त्यो मान्य हुँदैन पार्टीका सबै संगठित सदस्यहरुको बैठक बसाएर हामीले महादिवेशन प्रतिनिधी छानेका छौँ ।’
महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्ष रतन थापाले कारबाहीको चेतवनी दिएका छन् । पार्टी विरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनाधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका नीजि कार्यक्रम भएको उनि बताउँछन् । पार्टीको नाम प्रयोग गरी कुनै पार्टी विरोधी गतिविधि गरेमा कारबाही गर्ने उनले बताएका छन् ।