धनगढी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।
पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलामा सहभागी भई उनिहरुले मन्दिरको दर्शन गरेका छन् । बडिकेदारको दर्शनका क्रममा मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गरेका छन् ।
यस्तै नेपाल र आलेले डोटीको शैलेश्वरी मन्दिरकोपनि दर्शन गरेका छन् । पुजा पश्चात अध्यक्ष माधव नेपालले हिन्दु धर्मले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने बताएका छन् । नेपालले हिन्दु धर्मले नेपालीलाई एकताबद्ध हुन प्रेरणा समेत प्रदान गरेको बताए । सङ्गठन बिस्तारमा व्यस्त हुँदा पनि अध्यक्ष नेपाल समय मिलाएर शैलेस्वरी मन्दिर सहित बडिकेदार दर्शनका लागी डोटी आएको मन्त्री आलेले बताए ।
गृह जिल्ला पुगेका मन्त्री आले सहित पुर्व प्रधानमन्त्री नेपाललाइ दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, राजनीतिक दलका नेता तथा कार्यकर्ताले फुल माता सहित स्वागत गरिएको थियो।