धनगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले सबै कम्युनिस्टहरुसंग एकता गर्न तयार रहेको बताएका छन् । धनगढीमा आयोजित दलित मुक्ती मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले एकता सम्भव रहेको बताएका हुन् ।
अहिले एमाले माओवादी लगायतका पुर्व सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको बिषयलाई लिएर चन्दले एकता गर्न सकिने बताएका हुन् । अहिलेको संसदिय ब्यवस्था अनुसार एकता नहुने उनले प्रस्ट पारे । महासचिव चन्दले मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागी एकता नगर्ने बताए । अहिलेको ब्यवस्थानै हटाएर संसदिय ब्यवस्थानै खारेर गरेर एकताका लागी आए तयार रहेको उनले बताए । सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै चन्दले अहिलेको संबिधान र ब्यवस्था खारेज गरेर कार्यकारी राष्टपति प्रणाली लागु गर्नुपर्नेमा जोड दिए ।
महासचिव चन्दले कम्युनिस्टलाई कम्युनिस्ट पार्टीलेनै प्रतिबन्ध लगाएको भन्दै दुख ब्यक्त गरे । गरिब निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आम जनता र बुद्धिजिबि समाजको आवाजपनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको र हतियारका कुरा गरिरहेको उनले बताए । देश र जनताका लागी गल तगर्नेहरुका लागी हतियार आवश्यक नभएको भन्दै चन्दले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए ।
भेलालाई सम्बोधन गर्दै चन्दले सत्ता कब्जा गर्न सफल बर्गले दलितमाथी बिभेद गरेको बताए । दलित यो धर्तिका मालिक हुन् उनले भने ‘जति अरु जातीको यो अर्धिमा अधिकार छ त्यती दलितकोपनि अधिकार छ यो जातीपर्थाको हामी बिरोध गर्दर्छौँ ।’ अहिलेको कथित सत्ताभित्र सबै बर्ग छन् तर त्यो सत्तामा भएको उपलब्धी भएन उनले भने ‘तल र माथी गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन् अब यो दलित भन्ने सब्दनै हटाउनुपर्छ यो कथित सत्तामा जानका लागी मन्त्री खाने, सांसद खाने लोभले नजानुस साथीहरु बिभेद गर्नेहरुका पछि पछि नलाग्नुस ।’
हामिसंग हतियार छ बिदेशीसंग मिलेको छ नेपाल कम्युनिस्ट पार्टी भनेर भन्ने गरिन्छ उनले भने ‘यी सब झुट कुरा हुन् हामीले फेरी लडाई लड्नुपरे हतियार चाहिदैन हामी डुगां मुढा लिएरै लड्न सक्छौँ सबै जनता हामीसंगै हुने छ ।’ एनसेलको कर नलिएर उसको पैँसामा मस्ती गर्न पल्केका नेताहरुलाई तह लाउनेकी नलाउने उनले भने ‘हामी यस्तै भए हतियार उठाउने छौँ हामी जनतालाई भन्नेछौँ नेपालमा हतियार उठाउने समय आयो घरघरबाट हतियार उठाउनुस भनेर भन्ने छौँ तर अहिले समय आएको छैन ।’