धनगढी। नेपाली काँग्रेस कैलालीको वडा अधिवेशनबाट धनगढी उपमहानगरपालिका २ मा वडा सभापति सहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् । शनिबार विहान भएको वडा अधिवेशनबाट वडा र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन ।
सो वडामा गणेश वम सभापति छानिएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कमिटी बनेको छ । यस्तै गरेर सो वडाबाट ६९ जना क्षेत्रीय प्रतिनिधि छानिएका छन् । सो वडामा नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह क्रियाशिल सदस्य रहेको छ। सभापति शाह, प्रदेश सभा सदस्यहरु टेकबहादुर रैका र दिव्वेश्वरी शाह भने स्वतह प्रतिनिधि हुने व्यवस्था अनुसार स्वतह प्रतिनिधि छानिएका छन्।
सो वडाबाट वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, प्रचार विभाग प्रमुख नृप सुनार पनि क्षेत्रीय प्रतिनिधि छानिएका छन् । प्रतिनिधि छानिनेमा वडाअध्यक्ष नरबहादुर वम, यादवप्रसाद जोशी, भीमबहादुर शाह, यज्ञराज उपाध्याय, गजराज पाण्डे, वसव्यवसायी टेकराज जोशी, उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्करनाथ ओझा, व्यवसायी हिक्मत शाह लगायत छन् ।