धनगढी उपमहानगरपालिकामा कार्तिक २५ र २६ गते कोभिड(१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल र कोभिसिल्ड खोप लगाउने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा आज र भोलि कोभिड(१९ विरुद्धको खोप लगाउने बताए ।
१८ वर्ष माथिका पहिलो खोप लगाएका सम्पूर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पूर्ण वडा बासीलाई अनुरोध गरेका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लाइने हुदाँ अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत मेयर वडले आग्रह गरेका छन् ।