काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् ।
गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । देउवाले प्रजातन्त्रको पक्षमा आफू उभिँदा तत्कालीन राजाले जेल हालेको भन्दै आफूलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहौल सुरू भएको बताए । उनले भने,-पुर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिदै भने शासन गर्ने भए चुनाव लडेर आउनुहोस् । पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।