धनगढी। सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको नमुना परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा एक जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालमा अस्पतालमा तीन जना संक्रमित विरामीको उपचार भइरहेको छ । २ जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।