धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टले दिपावलीले सामाजिक एकता कायम गरोस भन्दैं शुभकामना व्यक्त गरेका छन।
शनिबार मन्त्री भट्टले शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण प्रदेशावासीहरुमा आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी एक आपसमा खुशियाली साटासाट गर्दै सामाजिक एकता कायम गर्न सघाउ पु¥याउन सकोस भन्ने कामना गरेका छन। उनले शुभकामना सन्देशमा कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले तोकेका स्वास्य सम्बन्धी मापदण्ड अपनाउन पनि आग्रह गरेका छन।