धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ।
बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६१ जनाको नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै ५० जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ।
हाल अस्पतालमा ३ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै २४ घण्टामा ३ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । १ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।