धनगढी । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजनाले धनगढी उपमहानगरपालिकामा आज सम्म भएको प्रगति र आगामी दिनमा थप सुधार गनुपर्ने विषयमा जनप्रतिनिधीहरु संग छलफल भएको छ ।
नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना २०७५ असोज १ गते देखि स्थानीय तहमा संञ्चालन हुदै आएको छ ।
आजको छलफलमा सुरक्षित आप्रवासन परियोजना लाई थप प्रभावकारी बनाउँन समन्वय र सहकार्यमा जोड दिने, अभिमुखिकरण तथा वितिय सारक्षरता कक्षा संञ्चालनका लागी वडा छनौट गर्ने र बैदेसिक रोजगार बोर्ड बाट पाईने सेवाका बारेमा स्थानीय तहमा होडिङबोर्डको ब्यवस्था गर्ने विषयमा छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा भईरहेको सुरक्षित आप्रवासन परियोजना कैलालीका कार्यक्रम संयोजक दिपक बोहराले बताए ।
कार्यक्रमा १९ वटै वडाका वडा अध्यक्ष, धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर चन्द्र, बैदेसिक रोजगार बाट लक्ष्मी चौधरी र वितिय साक्षरता क्षेत्रिय संयोजक सेर सिंह कार्कीको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक सहयोगमा स्वीस विकास सहयोगिको तर्फ बाट हेल्भेटास नेपाल गरेको हो ।