धनगढी। सुदुरपश्चिममा पहिलो पटक धनगढी स्किन हस्पिटलमा सफल कपाल प्रत्यारोपण गरिएको छ। धनगढीमा रहेको धनगढी स्किन केयर एण्ड एस्थेटिक्स सेन्टरमा सुदुरपश्चिममै पहिलो पटक कपाल प्रत्यारोपण गरिएको हो।
कपाल प्रत्यारोपण सर्जन डाक्टर बिक्रान्त ढकालको टीमले धनगढी उपमहामनगरपालिका वडा नम्बर १५ उर्माका २४ बर्षीय दिपक चौधरीको कपाल प्रत्यारोपण गरिएको छ।करिब ८ घण्टा लगाएर दिपकको कपाल प्रत्यारोपण सफल भएको धनगढी स्किन केयर एण्ड एस्थेटिक्स सेन्टरका प्रवन्ध निर्देशक जीवन बहादुर सिंहले जानकारी दिए।
शनिबार बिहान १० बजे शुरु भएको कपाल प्रत्यरोपण साझ ६ बजे सम्पन्न भएको हो । प्रवन्ध निर्देशक सिंहका अनुसार चौधरीको टाउकाको पछाडी भागमा रहेका कपालहरु निकालेर प्रत्यारोपण गरिएको हो। कपाल प्रत्यारोपण गराएका चौधरीले धनगढीमा नै कपाल प्रत्यारोपण गराउन पाउदा खुशी लागेको बताए। १६, १७ बर्षको हुदादेखि नै कपाल झर्न शुरु भएको बताउँदै चौधरीले कपाल झरेर खाली भएपछि कपाल प्रत्यारोपणकालागि बाहिर जाने तयारी भैरहेको बेला धनगढीमा नै प्रत्यारोपण गराउन पाएको बताए।
कपाल प्रत्यारोपणका क्रममा र अहिले सहज अवस्था रहेको चौधरीले बताए। प्रवन्ध निर्देशक सिंहले धनगढीमा नै सुविधा सम्पन्न सेवा प्रदान गरेर कपाल प्रत्यारोपणका लागि काठमाण्डौ र भारत जाने क्रमलाई कम गर्ने लक्ष्य अस्पतालको रहेको बताए। नौ महिना अघि धनगढीको एलएनचौकमा सञ्चालनम आएको धनगढी स्किन केयर एण्ड एस्थेटिक्स सेन्टरमा स्किन लेजर सर्जरी, प्लास्टिक एण्ड कस्मेटिक्स सर्जरी, सोराईसिस, दुवी एक्जेमको बिशेष प्रविधिबाट उपचार, छाला नङ, कपाल सम्वन्धी सम्पुर्ण समस्याहरुका उपचार र यौन रोग एवम यौनजन्य समस्याहरुको उपचार भैरहेको अस्पतालले जनाएको छ । हस्पिटलमा काठमाण्डौका बिशेषज्ञ चिकित्सकहरु डाक्टर बिक्रान्त ढकाल र डाक्टर मेरिना मानन्धरले महिनामा २ पटक सेवा दिइरहेका छन् । अब महिनामा चार पटक सेवा शुरु गर्न लागिएको प्रवन्ध निर्देशक सिंहले बताए ।