धनगढी। धनगढी उपमहानगरपालीका मेयर नृप बहादुर वडले उपमहानगरपालीकाले खेलकुद क्षेत्रलाई पहिलो प्राथमिकता राखेको बताएका छन् ।
धनगढी १९ फुलबारीको आई गाउँमा सुर्मादेवी युवा क्लबको आयोजनामा बृहत फुटबल प्रतियोगीता २०७८ को उद्घाटन गर्दै मेयर वडले सो कुरा बताएका हुन। प्रमुख अतिथि समेत रहेका वडले खेलकुद स्वास्थकालागि खेलकुद राष्ट्रका खेलकुद, सँगसँगै समाजका लागी पनि खेलकुद सबैका लागी आवश्यक र अपरिहार्य रहेको जानकारी दिए । उनले भने, धनगढी उपमहानगरपालीकामा हामीले चुनाब जितेर आइसकेपछि प्रत्येक वडामा एउटा खेलकुद मैदान निर्माण गर्ने योजना अनुसार धेरै वडामा खेलमैदान बनाएका छौँ । उनले भने, कोरोना महामारीका कारण खेल मैदान थप्ने र स्तरोउन्नती गर्न केही ढिलाई भएपनी अहिले बिस्तारै त्यो कार्यलाई अगाडी बढाइरहेको जानकारी दिए। धनगढी उपमहानगरपालीकाले सम्पुर्ण खेलकुदलाई पहिलो प्राथमितामा राखेको बताउँदै भलिबल, क्रिकेट, फुटबल ब्याटमिन्टन लगायत हरेक खेलकुद क्षेत्रमा महिला र पुरुष दुबैका खेललाई समान स्तरमा राखेको बताए । खेलाडीका कारणले मात्रै राष्ट्र र राष्ट्रीयताका साथै विश्वमा देशहरु चिनिएको बताए।यस्तै कार्यक्रममा मेयर वडले धनगढी उपमहानगरपालीका क्षेत्रमा उत्पादन भएका खेलाडीहरु बिभिन्न प्रहरी प्रसासन क्षेत्रमा रहेको बताए । सुर्मादेवी युवा क्लवको खेलमैदान घेरवारका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। कार्यक्रमका विशिष्ठ अतिथि तथा धनगढी उपमहानगरपालीकाका उपमेयर शुसिला मिश्र भट्टले राष्ट्रीय गौरब र मर्यादाको रुपमा खेलकुद रहेको बताउँदै अन्तराष्ट्रीय सम्बन्ध सुधार मात्र हैन नेपाललाई अन्तराष्ट्रीय जगतमा चिनाउने काम खेलाडीले गरिरहेको जानकारी दिइन्। खेलाडीहरुलाई आई गाउमा फुटबल खेल्दैगर्दा अन्तरास्ट्रिय जगत लाई सम्झेर खेल्नु पर्ने बताईन् । सुर्मादेवी युवा क्लवका खेलाडीहरुले छुट्टै पहिचान बोकेको बताउदै खेलाडीहरुले धनगढीको नाम राखेको दाबी गरिन् ।
कार्यक्रममा मन्तव्य राख्दै वडा नम्बर–८ का वडा अध्यक्ष नारायण बरालले २०४० साल बाट फुलवारी फुटबलमा उदाएको र धनगढी बस्न सक्ने अवस्था नहुदा खेलाडीहरु फुलवारीमै अस्ताएको बताए। आयोजक सुर्मादेवी युवा क्लबका अध्यक्ष राजेन्द्र स्नेहीको सभापतित्वमा संचालन भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख नृप वड थिए भने विशिष्ट अतिथिमा उपप्रमुख शुसिला मिश्र भट्ट थिइन । आयोजक क्लबले मेयर वड समक्ष खेलमैदान शुरक्षाको लागि तारजाली, प्रशासनिक कामको लागि भवन र खेलमैदानमा कार्यक्रम संचालनको लागि पक्की स्टेजको माग गरेका छन् । आजेदेखि संचालन भएको कार्यक्रमको कात्तिक २४ गते समापन हुनेछ । प्रतियोगितमा २४ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक हरेन्द्र ऐडीले जानकारी दिए । आजोजक क्लब सुर्मादेवी युवा क्लबका सचिव रमेश ऐडीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक हरेन्द्र ऐडिले राखेका थिए ।