कञ्चनपुर। कञ्चनपुरमा नेपाल भारत मैत्रीबस पुःन सञ्चालनमा आएको छ । कोरोना कहरका कारण बिगत १९ महिना देखी बन्द रहेका नेपाल भारत मैत्री बस आजबाट पुनः सञ्चालनमा आएका हुन ।
कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालजना गरेर महेन्द्रनगर देखी दिल्ली देहरादुनसम्म मैत्री बस सेवा फेरि सञ्चालनमा ल्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले जानकारी दिए ।
उनका अनुसार तत्काल भारतबाट मात्रै बसहरु नेपालमा आउने तर नेपालका बसहरु भारत जानका लागी केही समय लाग्ने उनले जानकारी दिए । महाकाली यातायात प्रालिका अध्यक्ष पन्तका अनुसार प्रालिले भारतको उत्तर प्रदेशको परिवहन निगमसँगको सहकार्यमा नेपाल–भारत मैत्रि बस सेवा सुरु गरिएको थियो। कोरोना सुरु हुनुभन्दा पहिले दैनिक नेपाल र भारतका ९ वटा गाडी सञ्चालनमा थिए।