धनगढी : कोरोना भाइरश बिरुद्धको खोप लगाउन तछाड मछाड गर्दै लाइनमा बसिरहेका हुन्छन आम नागरिक । दोश्रो चरणको कोरोनाले पारेको भयाभह स्थितीपछि सबै नागरिकले खोपको प्रभाव बुझे र खोप लगाउन निकै संघर्ष समेत गरिरहे । स्वास्थ्य अवस्था ठिक भएका नागरिकहरुले त जसो तसो खोप केन्द्रमै पुगेर कोरोना बिरुद्धको खोप लगाइरहेका छन् ।
तर शारिरिक हिसाबले अपागंता भएका नागरिकहरुले सहजै खोप पाउन सकेनन् । उनिहरु खोप केन्द्र आउन नसक्दा कोरोना बिरुद्धको खोपबाट बञ्चित थिए । तर बिभिन्न संस्थाको सहयोगमा सर्वाङ्गिण अपांगता बिकास समाज नेपालले अपागंता भएका ब्यक्तीहरुलाई घरदैलोमै खोल लगाउन थाल्यो तब कोरोना खोप लगाउने सरकारको लक्षमापनि टेवा पुगेको छ ।
शारिरिक हिसाबले अशक्त भएका अपागंता भएका नागरिकहरुले सहजै राज्यका सेवा सुबिधा पाउन मुस्किल पर्छ । झन कोरोना बिरुद्धको खोप सबैले अनिवार्य लाउनै पर्ने छ । सरकारले बिभिन्न वडा तथा टोलमा खोप केन्दै तोकेर कोरोना बिरुद्धको खोप लगाइरहेको छ । खोप केन्द्रसम्मै जान नसक्ने अपागंता भएका ब्यक्तीहरुका लागी सरकारले खोप लाउने कुनै ब्यवस्था नगरेपनि उनिहरु खोपबाट बञ्चित भएका थिए ।
तर लुथरन बिश्व फेडरेसन नेपाल, दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको संयुक्त साझेदारी तथा स्थानिय तहका महिला तथा बालबालिका साखाको सहकार्यमा अपागंता भएका ब्यक्तीहरुले घरमै खोप पाउन थालेपछि उनिहरु खुशी छन् । यी संस्थाहरुले अपागंता भएका ब्यक्तीहरुको घरदैलोमै गएर कोरोना बिरुद्धको खोप लाउन थालेपछि अपागंता भएका ब्यक्तीहरु निकै खुशी छन् ।
घरमै थिए बाबु कतै जानै सक्दैन कसरी खोप लाउन जानु कैलालीको गौरिगंगा ९ की गंगादेवी जोशीले भनिन् ‘तपाइहरु आउनुभयो मेरो सरकार तपाइनै हो जुन संस्थाबाट आएपनि घरमै खोप लाउन आउनुभयो अब अझ धेरै बाँच्ने आश पलायो धन्यबाद छ ।’ गौरिगंगाकै अपागंता भएकी बेलमती ऐडीपनि घरमै खोप पाएपछि खुशी छिन् । म त यो खोप लाउन पाइएला भन्ने सोचेकै थिएन ऐडीले भनिन् ‘सबै कुरा ल्याएर घरमै खोप लाइदिनुभयो खुशी छु, धेरै राम्रो लागेको छ घरमै आएर खोप लगाइदिनुभयो तपाइहरुको जय होस ।’
यी संस्थाहरुले कैलाली जिल्लाका बिभिन्न स्थानिय तहमा रहेका अपागंता भएका ब्यक्तीहरुलाई कोरोना बिरुद्धको खोप लाउन थालेपछि सरकारले लिएको लक्षमा पुग्नपनि सहयोग पुग्ने जनाइएको छ । अपागंता भएका ब्यक्तीहरुलाई खोज्दै संस्था र स्वास्थ्यकर्मी सहितको टोली गाउँ गाउँ पुगिरहेको छ । स्थानिय तहसंग समन्वय गरेर सर्वाङिण अपांगता बिकास समाज नेपालले अपागंता भएका ब्यक्तीहरुलाई खोप लगाउने काम गरिरहेको भन्दै गौरिगंगा नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख भावना जोशीले धन्यबाद दिइन् ।
नगरपालिकाले खोप र स्वास्थ्यकर्मी उपलब्ध गराइ दिएको छ उनले भनिन् ‘संस्थाले हामीसंग सहकार्य गरेर अपागंता भएका ब्यक्तीको घर घरमै कोरोना खोप लगाइरहेको छ यसले हामीलाई धेरै सहज भएको छ ।’ सबै नागरिकलाई खोप लाउने सरकारको लक्ष अनुसार हामीले खोप केन्द्र मार्फत खोप लगाइरहेका थियौँ उनले भनिन् ‘तर अपागंता भएका ब्यक्ती छुटिराख्नुभएको थियो अब सबै अपागंता भएका ब्यक्तीपनि खोप पाउने भए धेरै सहज हुन्छ ।’
सर्वाङिण अपांगता बिकास समाज नेपालले लुथरन बिश्व फेडरेसन नेपाल, दिगो बिकास समाज भजनी तथा स्थानिय तहसंग सहकार्य गरी कैलालीको धनगढी उप महानगरपालिकाका सबै वडामा अपागंता भएका ब्यक्तीहरुलाई खोप लगाइसकेको छ । हाल जिल्लाको गौरिगंगा नगरपालिकामा रहेका अपागंता भएका ब्यक्तीहरुलाई संस्थाले कोरोना बिरुद्धको खोप लगाइरहेको छ । सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले भने ‘हामी तिन संस्थाले स्थानिय तहसंग समन्वय गरेर अपागंता भएका ब्यक्तीहरुलाई खोप लगाइरहेका छौँ कैलालीका १३ वटै र कञ्चनपुरका सबै स्थानिय तहमापनि खोप लाउने योजना बनाएका छौँ ।’
अपागंता भएका ब्यक्तीहरुलाई घरमै खोप र उनिहरुको सहायता सामग्रीको नापजाँचपनि हामी गरिरहेका छौँ उनले भने ‘सहज त छैन अपागंता भएका ब्यक्तीका घर खोज्दै जानुपर्छ तर हामी अपागंता भएका ब्यक्तीकै लागी काम गर्न बनेको संस्था भएका कारण काम गर्नै पर्छ यो काम झन महत्वपुर्ण थियो ।’