दशैको मुखैमा समेत खसी बोकाको माग नबढ्दा व्यापारी निराश भएका छन् । दसैँ तथा तिहारलाई लक्षित गरी खसी, बोकाको बढी व्यापार हुने गरेको भए पनि विगतको वर्ष भन्दा यो वर्ष व्यापार बढ्न सकेको छैन ।
विगतका वर्षहरूमा खसी बोकाको माग अत्यधिक हुने गरेकोमा यो वर्ष भने खासै माग नभएको सुदूरपश्चिम खसी बोका सङ्कलन केन्द्रका सञ्चालक देवेन्द्र बोहराले बताए ।
“गएको वर्ष दशैको बेला २ सय जति खसी बोका बेचेको थिए तर यस वर्ष खसी बोकाको माग बढी छैन् । कोरोनाका कारण र बली दिने प्रथा कम भएसँगै खसी, बोकाको माग पनि घटेको हुनसक्छ,” उनले भने । दसैँ सुरुभएपनि गत वर्ष जस्तो व्यापार गर्न नपाएको उनले बताए ।
दशैका लागि भनेर तयार गरिएका बोकाहरू खासै बिक्री नभएपछि व्यापारीहरू निराश भएका छन् । दसैँमा बेच्नको लागि भनेर बजारमा ७० ओटा बोका र खसी ल्याएको भए पनि खासै व्यापार नभएको बोहराले बताए ।
“यस वर्ष ६०(७० वटा खसी बोकाहरू बेच्नको लागि भनेर बजारमा ल्याएका थियौ,”उनले भने, “तर त्यो सबै बिक्री हुने सम्भावना कम छ । सुदूरपश्चिममा मासुको माग बढी हो तर भारतबाट लुकी छिपी खसी बोका भित्रिँदा हामीहरूलाई समस्या भएको छ।,”