बैतडी। बैतडीको पाटनमा मदिरा बिक्रीबितरणमा कडाई गर्ने निर्णय गरिएको छ। बैतडीको पाटन नगरपालिका ६ स्थित उदयदेव मन्दिरमा लाग्ने मेलालाई ब्यवस्थीत बनाउनको लागि सरोकारवाला निकायले बिभिन्न निर्णय गरिएको हो।
पाटन नगरपालिकाका नगर प्रमुख केसव बहादुर चन्दको अध्यक्षतामा इलाका प्रहरी कार्यालय पाटनमा बसेको बैठकले अस्टमी र नवमी (२७ र २८ गते)का दिन लाग्ने मेलालाई ब्यवस्थीत बनाउनको लगि मदिरा नियन्त्रणलाई प्राथमिकतामा राखेर निर्णय गरिएको छ ।
आज देखि नै पाटन बजारमा दिउसो ३ बजे देखि ६ बजे सम्म मात्रै मदिरा बिक्रिबिरण गर्न पाइने छ। भने २७ र २८ गतेका दिन अर्थात मेला लागेको दिन मदिरा बिक्रिबितरण तथा सेवन पुर्ण रुपमा बन्द गर्ने गराउने निर्णय भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले जानकारी दिए। अन्यथा कानुनअनुसार कार्वाही गरिने पनि जनाइएको छ। त्यसैगरी सुरक्षा योजना अन्तरगत प्रहरीले आफ्नो सुरक्षा योजना अनुसार काम गर्ने पनि बताइएको छ। अस्टमी र नवमीको दिन उदयदेव मन्दिरमा भब्य मेला लाग्ने गर्दछ । उक्त मेलामा राङ्गा र बोकाको बली दिइने गरिन्छ।