धनगढी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादूर केसीले ३ जना सुदूरपश्चिमका नेताले पार्टी बिरुद्ध लाग्दा समस्या नपर्ने बताएका छन् । सुप मिडियाको एस टि भि टकमा पत्रकार दिनेश बिष्ट संग कुरा गर्दै केसीले पार्टी बिरुद्ध लाग्नेहरु सफल नहुने बताएका हुन् ।
क्ेसीले भने ‘७ नम्बर प्रदेशबाट पार्टीको बिरोध गरेर निस्केका हरु एउटा केन्द्रिय सदस्य लाल बहादूर जाग्री अनी २ सल्लाहकार । अब उहाँ तिन जनाले पार्टी दक्षिणपन्थी भो भनेर पार्टी बिरुद्ध लाग्नुभएको छ । अनी क्रान्तीकारी भन्या के हो देखाउनुप¥यो नी ।’ अहिले बहुदलमाथी आक्रमण भइरहेको छ, गणतन्त्रमाथी आक्रमण भइरहेको छ पार्टीले गणतन्त्र जोगाउनुपर्छ भनेर चुनावमा भाग लियो राष्टियताको संरक्षण गर्नुपर्छ, संसद बचाउनुपर्छ, गणतन्त्र बचाउनुपर्छ भन्ने निति दक्षिणपन्थी भए ल्याउनुप¥यो नी त क्रान्तीकारी निति नेपाली जनतालाई आफ्नो निति त दिनुप¥यो नी केसीले भने ‘अहिले मात्रै होइन २÷३ बर्षदेखी जनमोर्चा त दक्षिणपन्थी भयो भनेर ठाउँ ठाउँमा गिज्याउँदै हिडिरहेका छन् के हो त क्रान्तीकारी निति अहिले चुनावमा भाग लिने की नलिने, गणतन्त्र जोगाउनेकी नाई, बिदेशीले आक्रमण गरिरहेका बेला त्यसको बिरुद्धमा उभिनेकी नाई के हो त अनी क्रान्तीकारी निति ।’
कथित जागरणका नामलेपनि भित्रभित्रै साथीहरुले पाटी बिरोधी गतिबिधि गरिरहन्थे अहिले खुलेरै पार्टी बिरुद्ध लाग्नुभयो उनले भने ‘काग्रेंस संग अहिले मात्रै हो र सहकार्य गरेको गणेसमान देखी, गिरिजासंग सहकार्य गरेको होइन । कार्यगत एकता भनेको के हो जुन कुरामा एजेण्डा मिल्छ त्यसमा पो सहकार्य गरेको हो । साथहिरुले पार्टीको ईतिहास जानी जानी बिरुद्धमा लाग्नुहुन्छ ।’
झापामा देखाएको क्रान्तीकारी बाटो कहाँ गयो । प्रचण्ड बाबुरामहरुले देखाएको क्रान्तीकारी बाटो काँ गयो । यी बुडाहरुले केही गरेनन् हामी क्रान्तीकारी बाटोमा जान्छौँ भन्थे जनबादी क्रान्ती गरेका होइनन् । उनले भने ‘बिप्लवहरु हिँडेका होइनन् काम लाग्यो ? त्यस कारण कुराले हुँदैन मुलुकको अवस्था के हो यथार्थ के हो त्यो अनुसार हिन्नुप¥यो नी । यो राजनितिमा आएको बिचलन हो केही ठोस निति त हुनुप¥यो ।’
२÷३ जना जाँदैमा पार्टी कमजोर नहुने उनको भनाई थियो । केही मान्छे आउजाउ हुन्छ उनले भने ‘हामीले पाँचौँ माहादिवेशन गर्दा अल्पमतमा बिधान पास भयो बहुमतका साथीहरुत पार्टी लिएर जानुभा हो नी । हामीले यस्ता पार्टी भित्र गुटबन्दी गर्ने जनतामा भ्रम छर्ने क्रम धेरै देखेका हौँ नी । चित्र बहादूर केसी अध्यक्ष भएको मनोज भट्ट महासचिव भएको राष्टिय जनमोर्चा निर्वाचन आयोगमा दर्ता छ नी ।’
एनले भने ‘यो ७ नम्बर प्रदेशमा ति ३ जना साथीले सक्कली जनमोर्चा हामी हौँ भनेर यहाँका जनतालाई भ्रम पार्न पाइन्छ । उसै पार्टीको नाममा भेला गर्न पाइन्छ, अर्कै नामको पार्टी खोल्नुप¥यो नी कि त । माधवले एमाले पार्टीको नाम राख्न सके त त्यस्तै यहाँका साथीलेपनि अर्कै पार्टी खोल्न सक्नुप¥यो नी ।’
केसीले अहिले आफ्नै पार्टीका बिरुद्ध नारा लाउने हरुले महाकालीमा खसालेका युवकका पक्षमा नारा लाउन नसकेको भन्दै आक्रोस पोखे । उनले भने ‘नेपालको भुभाग मिचिएको छ, आकाशमा भारतिय बिमान उडिरहेको छ । जे कुराका बिरुद्ध नाराबाजी गर्नुपर्ने हो त्यो नभई पार्टिका बिरुद्ध नाराबाजी गरेर केही पाइन्न पार्टीमा त छलफल गर्ने हो समस्यालाई छलफलबाट समाधान गर्ने हो । आफ्नो पार्टीको बदनाम गर्ने बेला होइन साथीहरु राष्ट संकटमा परेका बेला पार्टी बिरुद्ध नभई ब्यवस्थाका बिरुद्ध उभिनुपर्छ ।’