धनगढी। धनगढी उपमहानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आईरन चक्की खुवाईने भएको छ । धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत किशोरीहरुलाई आईरन तथा फोलिड एसिड खुवाईने भएको हो ।
धनगढी उपहानगरपालिकाको आयोजनामा सु-आहाराको आर्थिक तथा प्राविधिक सहयोगमा १० देखि १९ बर्षका किशोरीहरलाई आईरन चक्की खुवाइने लागेको हो । धनगढीका एक सय ८० विद्यालयमा कार्तिक महिना देखि विद्यालयमा नै आईरन चक्की खुवाईने सुआहारा पोषण तथा स्वास्थ्य अधिकृत नरबहादुर विकले जानकारी दिएका छन् । ‘आईरन चक्की विद्यालयलाई जिम्मेवारी दिएको छ’,उनले भने, ‘यसले गर्दा कीशोरीहरुलाई शारीरिक तन्दुरस्त बनाउन सहयोग पुग्छ ।’ आइरन चक्की ३–३ महिनाको फरकमा खुवाईन्छ । रक्तअल्पता नहुन दिनका लागि आईरन चक्की खुवाईन लागेको हो ।
अधिकासं किशोरीहरुमा रक्तअल्पता, शरीरमा रगतको अभाव हुने जस्ता समस्या देखिएका कारण किशोरीहरुलाई यो अभियान चलाउँने लागेको हो । छात्रालाई सम्बन्धित विद्यालयमा पुगेर आईरन चच्की समेत खुवाउने जनाएको छ । किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको बताईएको छ । १० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन विद्यालय र स्वास्थ्यकर्मीहरुलाई जिम्मा दिईएको अधिकृत विकले बताए । यसका लागि सुआहाराको प्राविधि सहयोग र धनगढी उमहानगरपालिकोको आयोजनामा सामेबार विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुकीकरण समेत गरिएको छ।
किशोरीहरु १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउने अवधारणा सुआहाराले लिएको छ । उक्त आईरन चक्की पहिलो १३ हप्तामा १३ दिन १र१ वटा क्याप्सुल खुवाईने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाईने अधिकृत विकले जानकारी दिए । यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । नेपालमा ४९ प्रतिशतमा रक्तअल्पता हुने गरेको तथ्यांक रहेको छ ।