बझाङ। बझाङको बुङ्गलमा हुने प्रथम बीबीसी सुपर कप २०७८ आयोजनाका लागी सुदुरपश्चिम प्रदेशका आर्थिक तथा भौतिक पुर्बाधार राज्यमन्त्री माया देबि तामाङद्धारा आर्थिक सहयोग गरिएको छ । कार्तिक ३ गते देखी १० गतेसम्म बझाङको बुङलस्थीत दहबगरमा स्व.धन बहादुर मल्ल र स्व.जयभान बिष्टको सम्झनामा हुन लागेको प्रथम बीसीसी सुपर कप २०७८ का लागी राज्यमन्त्री तामाङले रु ७ हजार आर्थिक सहयोग गरेकी हुन।
बुङ्गल क्रिकेट क्लबको आयोजनामा सबै भन्दा ठुलो धनराशीको रास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना हुन लागेको हो। प्रथम धन बहादुर मल्ल प्रथम बीसीसी सुपर कप २०७८ लाई भब्य रुपले सफल पार्न एकीकृत समाजबादीकि बझाङ क्षेत्र नम्बर २ का सासंद तथा सुदुरपश्चिम प्रदेशका आर्थिक तथा भौतिक पुर्बाधार राज्यमन्त्री नेतृ माया देबि तामाङले सहयोग गरेकोमा आयोजक बुङ्गल क्रिकेट क्लबले धन्यवाद ब्यक्त गरेको छ ।
यस अघि आयोजक बुङ्गल क्रिकेट क्लबले धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम बीसीसी सुपर कपको बारेमा जानकारी दिइसकेको छ। आगामी कार्तिक ३ गतेदेखि १० गतेसम्म हुन लागेको प्रतियोगितामा प्रथमलाई १ लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ भने म्यानअफद सिरिज १० हजार, बेस्ट बलर ५ हजार, बेस्ट व्याटम्यान, बेस्ट कप्तान, बेस्ट फिल्डर र अनुशासित टीमलाई २५ सय पुरस्कार छुट्याइएको छ।