बैतडी। बैतडीमा तलव माग गर्दै विद्यालयका कर्मचारी आन्दोलित भएका छन् । बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।
संघीय सरकारले तोके बमोजीम आफूहरुको तलबभत्ता बढ्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका छन्। संघीय सरकारले बजेट भाषणमा घोषणा गरे अनुसारको तलब भत्ता हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ।बालविकास सहजकर्ता भागरथी भण्डारीले दशथचन्द नगरपालिकामा ७१ जना बालबिकास सहयोगी कार्यकर्ता छौँ । हामी मध्ये सबैजना कम्तीमा पनि १५ बर्ष काम गरेका छौँ।
हामीले बालबालिकाहरुलाई मात्रै नभई विद्यालयमा ७ ओटै पिरयड पढाउनु पर्ने हुन्छ। उनले भनिन् हाम्रो यसै कुरालाई मध्यनजर गरी संघीय सरकारले तलव बढाएको हो । तर स्थानिय सरकारले बढेको तलव दिन आनाकानी गरेकोले आन्दोलित भएको भनिन्। बालविकास सहयोगी कार्यकर्ता मञ्जु भट्टले गत साउन महिना देखी बढेको १५ हजार तलव पाउनुपर्ने भएपनी दशरथचन्द नगरपालिकाले आनाकानी गरिरहेको छ । श्रोत छैन् भन्छ । तर हाम्रालागी बढाइएको तलव नपाएसम्म आन्दोलन गर्छौँ। पहिलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । माग पुरा नभएको खण्डमा तालाबन्दि, धर्ना लगायतका बिरोधका कार्यक्रम गछौँ।’
विद्यालय सहयोगी मानमति महरले भनिन्। ‘शिक्षक, बिद्यार्थी र अरु विद्यालय कर्मचारी १० बजे बिद्यालय आएपनि हुन्छ । तर हामी १ घण्टा अघि नै स्कुल आउछौँ । र स्कुल बन्द भएपछि फर्किन्छौँ। विद्यालयको सरसफाई देखी बच्चाहरुका लागी खाना पकाउने, भाडाकुडा धुने लगायतका काम गछौँ । विद्यार्थीहरुको दिशापिसाब समेत सफा गछौँ । तर तलव ४ हजार मात्रै पाउछुँ । त्यसैले सरकारले तोकेको १५ हजार तलव पाउनुपर्छ, ’उनले भनिन्। संघीय सरकारले विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको तलब कम्तीमा १५ हजार पुर्याइने बजेट भाषणमा घोषणा गरेकाले सोही अनुसार तलब पाउनुपर्ने उनीहरुको माग रहेको छ।
यस बिषयमा दसरथचन्द नगरपालिकाले निर्णय गर्न बाकीँ रहेकाले छलफल पछि निर्णयमा पुग्ने नगपालिकाले शिक्षा शाखा प्रमुख मोहन नाथले बताए। संघीय सरकारले विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र लेखापालको तलव कम्तीमा १५ हजार पु¥याउने भनेपनी आधा रकम संघीय सरकारबाट प्राप्त हुने र आधा रकम स्थानियतहले थप्नुपर्ने भनेको थियो। तर बैतडीका केहि स्थानिय तहले बढेको तलव खुवाउन थालेका छन् । भने केहिमा रकम को श्रोत छैन् भन्दै आनाकानी गर्दा विद्यालय कर्मचारी आन्दोलित छन् ।माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बिद्यालय कर्मचारीहरुले बताएका छन् ।