धनगढी।गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडीओ)को सरुवा गरेको छ। जसमध्ये सुदूरपश्चिमका २ जिल्लामा प्रजिअ हेरफेर भएको छ।
डोटीमा शङ्कर विष्टलाई जिम्मेवारी दिइएको छ भने डडेल्धुराकोे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनराज जोशीलाई दिइएको छ । जोशीले यसअघि बैतडी, दार्चुला र डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी र कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छन् ।
यस्तै रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, रविन्द्र आचार्य मनाङ, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरेलाई तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ ।केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूची अनुसारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो।