धनगढी : दशैँ तिहार नजिकिएसंगै बजारमा ग्राहकको भिडभाड बढ्ने र अखाद्य बस्तुको बिक्रि वितरण समेत बढ्ने हुँदा स्थानिय तह, प्रशासन, खाद्य लगायतका कार्यालयले बजार अनुगमनलाई तिब्रता दिइरहेका हुन्छन् । अनुगमनकै क्रममा गल्ती बिना ब्यवसायीहरुले झञ्जट ब्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने माग ब्यवसायीहरुले राखेका छन् ।
कैलाली उद्योग बाणिज्य संघले दशैँ तिहारलाई लक्षित गर्दै हुने अनुगमनलाई सहज पार्दै सुरक्षित खाद्य अधिकार प्रत्याभुत गराउनुपर्ने उद्देश्य सहित आयोजना गरेकाृ छलफलमा सहभागी ब्यवसायीहरुले अन्जानमा भएका गल्तीमा माफी दिदै सच्चिने मौका दिनुपर्ने माग गरेका हुन् । चाडबाडको बेला भिडभाड हुने र गलत तरिकाले ब्यवसाय गर्न खोज्नेका कारण सबै ब्यवसायीले दुख भोग्नुपरेको भन्दै अनुगमन सहज हुनुपर्नेमा ब्यवसायीको जोड छ ।
नाटा सुदूरपश्चिमका अध्यक्ष समेत रहेका हार्डवेयर ब्यवसायी माया प्रकाश भट्टले अनुगमन गर्ने निकायले इगोका आधारमा नभई वास्तविकताका आधारमा अनुगमन गर्नुपर्ने बताए । अनुगमन गर्नेहरु कोही ब्यक्तिगत इगो लिएर समेत फसाउने भएकाले यसो नगरी वास्तविकता के हो त्यसका आधारमा कार्वाही हुनुपर्ने उनको तर्क छ । कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले अनुगमनका नाममा ब्यवसायीलाई सताउने काम नगर्न आग्रह गरे । डिलरले गलत गरे खुद्रालाई । कम्पनिले गलत गरे डिलरलाई कार्वाही हुने परिपाटीलाइपनि त्याग्न उनले आग्रह गरे ।
यस्तै कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले कोरोनाका कारण थला परेका ब्यवसायलाई माथी उकास्ने तर्फ सबै निकायको चासो हुनुपर्ने बताए । ब्यवसायी देशको मेरुदण्ड हो ब्यवसायीलाई सहज हुने गरी काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे ।खाद्य अधिकार मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले ब्यवसायीबाटै हुने त्रुटीका कारण उपभोक्ताले अखाद्य बस्तु सेवन गर्नुपरेको बताए । सबै ब्यवसायी गलत नभएपनि केही ब्यवसायीका कारण सबै बदनामित हुनुपरेको उनले बताए । म उपभोक्ता हुँ भनेर सबै ब्यवसायीले मनन गरे शुरक्षित खाद्य अधिकार प्राप्त हुने उनको तर्क छ ।
उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक भोजराज भट्टले सरकार कुनै ब्यवसायीलाई दुख दिने नियतले अनुगमन नगर्ने प्रस्ट पारे । उपभोक्ताले सुरक्षित खाद्यान्न उपभोग गर्न नपाएको खण्डमा सरकारले गलत गर्ने ब्यवसायीलाई कार्वाही गर्ने गरेको उनले बताए । अनुगमनलाई तिब्रता दिने, पहिलो, दोश्रो चोटीलाई सचेत गर्ने गरेको र पटक पटक दोहोरिए कावार्हीगर्ने गरिएको उनले बताए ।खुला सिमानाकाबाट अबैध तस्करी हुने बिषयलाई रोक्ने तर्फ सुरक्षा निकाय लागिरहेको प्रहरीले जनाएको छ । चाडबाडका बेला सबैलाई सुरक्षा दिन ब्यवसायीको सुरक्षा दिनका लागी प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिश्व अधिकारीले बताए । अनुगमनले गलत देखाए कार्वाहीका लागी प्रहरीले सहयोग गर्ने गरेको उनले बताए ।