धनगढी। कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ८४ वर्षीय पुरुषको कोरोनाका संक्रमणका कारण बिहीवार मृत्यु भएको सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि महाकाली अस्पताल कञ्चनपुरमा लगिएको थियो। त्यहाँ पिसिआर चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफन्तहरुले थप उपचारको लागि उनलाई बुधवार सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।उनको उपचारका क्रममा आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रयोगशाला परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुचना अधिकारी श्रेष्ठका अनुसार १८३ जनाको कोरोना परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा ७ जना बिरामी उपचाररत छन् । ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । ४ जना आइसियुमा र १ को भेन्टिलेटरमा उपचारर भैरहेको अस्पतालले जनाएको छ ।